डडेल्धुराको नवदुर्गा गाउँपालिकाले ल्यायाे झण्डै ४२ करोडकाे बजेट
डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४१ करोड ४६ लाख ७७ हजारको बजेट ल्याएको छ । दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष निर्मला बोगटीले बजेट प्रस्तुत गरेकी छन ।


यस्तै एकल महिलासंग उपाध्यक्ष कार्यक्रम संचालन गर्न, पानी शुद्धीकरण योजना कार्यान्वयन गर्न, युवा उद्यम कार्यक्रम संचालन गर्न, एक गाउँ एक उत्पादन कार्यक्रम कार्यान्वयन गर्न, कृषि एम्बुलेन्स संचालन गर्न, मकै बाली प्रवर्द्धन गर्न र धुवा रहित चुलो कार्यक्रम संचालन गर्न पनि पालिकाले बजेट विनियोजन गरेको छ । पूर्ण पोषणमैत्री पालिका अभियान, पूर्ण सस्थागत सुत्केरी अभियान र पूर्ण खोप सुनिश्चितता अभियानका लागि पनि पालिकाले आवश्यक बजेट विनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीका अनुसार दोस्रो गाउँसभाको तेस्रो अधिवेशनले पालिका उपाध्यक्ष बोगटीले प्रस्तुत गरेको बजेट पनि पारित गरेको छ । बजेट सर्वसम्मतवाट पारित गरिएकाे गाउपालिका प्रवक्ताले वताएकाछन ।