एमाले निकट जनप्रतिनिधिले गरे गोदावरीको नगरसभा बहिष्कार
अत्तरिया : गोदावरी नगरपालिकाको दशाै नगर सभा एमाले पार्टी समर्थित जन प्रतिनिधिले बहिस्कार गरेका छन् । अत्तरियामा शुक्रबार देखि शुरु भएको दशौ नगर सभा को उदघाटन सत्र उनिहरुले बहिष्कार गरेका छन । नगरसभा शुरु हुने बित्तिकै उनीहरुले रोष्टम घेराउ गर्दै चर्को नाराबाजी समेत गरेका थिए ।
त्यसपछि नगरप्रमुख संगै मन्चमा बसेकी एमालेबाट निर्बाचित उपप्रमुख शारदा देबी रोकायाले पनि मन्च छोडि नगरसभा बहिस्कार गरेकी थिईन । गोदावरी – ७ कि वडा अध्यक्ष कलाबती देबी साउँदले बजेट निर्माण को क्रममा आफुहरुलाई नगरप्रमुखले उपेक्षा गरेको गुनासो गरिन ।
वडा अध्यक्षले भनिन् – “केही कुरामा पनि अाफुहरुसंग सर सल्लाह हुँदैन , डल्लो बजेट राखेको छ । हामी निर्बाचित वडाहरुमा बजेट नै दिएको छैन । एकलौटी त गर्न मिलेन नि ।”
नगर उपप्रमुख शारदा देबी रोकायाले पनि प्रतिपक्षको मागलाई सम्बोधन गर्नुपर्ने बताइन् । उपप्रमुख राेकायाले जनप्रतिनिधिबाट आएका गुनासाहरु सम्बोधन गर्नु नगरप्रमुखको दायित्व भएको समेत वताईन ।