सभाको एक कार्यक्रमका बिच नगरप्रमुख बिरेन्द्र भट्टले उदघाटन गरेका छन। सभामा आर्थिक बर्ष २०८०/०८१ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । गोदावरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष भिम बहादुर खड्काले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका थिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि , संघ संस्थाका प्रतिनिधि , १२ वडा का जन प्रतिनिधि को सहभागीता रहेको थियाे।
कस्ताे छ बजेट ?
नगर सभामा आर्थिक बर्ष २०८०/०८१ को लागि झन्डै रु १ अर्ब २२ करोड ९४ लाख ७० हजार को बजेट सार्बजनिक गरिएको छ ।
जसमा नेपाल सरकारबाट प्राप्त हुने संघिय बित्तिय समानिकरण तर्फ १८ करोड ४२ लाख ,संघिय सशर्त अनुदान ३७करोड ५२ लाख , संघीय विशेष अनुदान ३ करोड , संघीय समपुरुक अनुदान ८० लाख ,प्रदेश बित्तिय समानिकरण १ करोड ६९ लाख ४३ हजार, प्रदेश राजश्व बाँडफाँड ६३ लाख ३० हजार रहेको सार्वजनिक गरिएकाे छ ।