स्वर्गीय मन्त्री सिंहको पार्थिव शरीरमा सुुदुरपश्चिमका मुख्यमन्त्री शाहले ओढाए राष्ट्रिय झण्डा

मुख्यमन्त्री शाहसंगै प्रदेशका मन्त्री, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल लगायत सयौंको संख्यामा उपस्थित स्थानीय तथा आफन्तहरुले श्रद्धाञ्जली अर्पण गरेका छन । श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री शाहले मन्त्री सिंहको मृत्युले प्रदेशले एक कुशल ब्यक्ति र सरकारले एक असल मन्त्री गुमाउनु परेको भन्दै दुख व्यक्त गरे ।
बुधबार (आज) बिहान धनगढी स्थित कभर्डहलमा सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिइसके पश्चात् उहाँ पार्थिव शरीरलाई अन्तिम संस्कारको लागि हेलिकप्टर मार्फत बझाङ लागिने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ ।
मंगलबार धनगढीबाट डडेल्धुरा जाँदै गरेको मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुरा बाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको १ धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खस्दा गाडीमा सवार मन्त्री सिंह, श्रीमती अमृता सिंह, भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो ।