विश्वविद्यालय स्थापर्नाथ संघर्ष समितिले भोली कैलालीमा सरकारी गाडी चल्न रोक लगाउने


अत्तरिया – शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापर्नाथ संघर्ष समितिले मगलवार (भोली ) कैलालीमा सरकारी गाडी सञ्चालनमा रोक लगाउने बताएकाे छ । भोली मगलवार बिहान ९ बजेदेखी १२ बजेसम्म सरकारी गाडी सञ्चालनमा रोक लगाउने समितिका सह संयोजक आनन्द भट्टले बताए ।

गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना गर्न प्रतिनिधि सभाको चालु अधिवेशनबाट विश्वविद्यालय विधेयक पास गर्न, प्रदेश सभाबाट विश्वविद्यालय स्थापनाको सङ्कल्प प्रस्ताव पारित गर्न र आगामी आर्थिक वर्षभित्र गेटामा ६ सय शय्याको अस्पताल सञ्चालनको माग राख्दै समिति विगत २० दिनदेखी नियमित रुपमा आन्दोलनमा छ ।

शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय भएपनी नेपाल सरकारकाे बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने भनिएपछि समिति आन्दोलित भएको हो ।