गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै अत्तरिया बजारमा सिट्टी बजाउदै विरोध प्रदर्शन
अत्तरिया : शनिवार साँझ अत्तरिया बजारमा सिट्टी बजाएर प्रदर्शन गरिएको छ। गेटामा निर्माणाधिन शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक चालु संसदबाटै अनुमोदन गरिनुपर्ने लगायतका माग गर्दै अत्तरियामा सिट्टी बजाएर विरोध प्रदर्शन गरिएको हो।
शनिवार साँझ शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विधेयक अनुमोदन संगै गेटामा तत्काल ६ सय शैय्याको अस्पताल संचालन गरिनुपर्ने माग गर्दै सिट्टी बजाएर प्रदर्शन गरेको थियो। उनीहरुले बिभिन्न नारा लेखिएका पोष्टर छातीमा टासेर सिट्टी बजाउँदै अत्तरिया बजार परिक्रमा गरेका थिए।
संघर्ष समितिका संयोजक लोक राज पाण्डेयले गेटामा स्वास्थ्य विश्वविद्यालय स्थापनाका लागि भइरहेको चरणवद्ध आन्दोलनका कार्यक्रम अन्तरगत सरकारको कान, आँखा खोल्न सिट्टी बजाएर विरोध प्रदर्शन गरिएको बताए। उनले पटक–पटक सरकारबाट धोका पाईसकेका सुदूरपश्चिमका जनता अब माग पुरा नहुँदा सम्म पछि नहट्ने बताएका छन । अान्दाेलनकाे स्वरुप परिवर्तन भयपनि अान्दाेलन निरन्तर माग पा नभयसम्म भईरहने समेत संयाेक अागाेले वताएका थिय ।