गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै  अत्तरिया शनिवार प्रदर्शन तथा विराेध सभा गरिने


धनगढीः  गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै भोलि शनिवार अत्तरियामा प्रदर्शन गरिने भएको छ।

विश्वविद्यालय सञ्चालन विरुद्ध अभिव्यक्ति नदिन खबरदारी गर्दै अत्तरिया चोकबाट जुलुस निकालेर बसपार्कमा विरोध सभा गरिने संघर्ष समितिका सचिव धर्मसिंह कुँवरले बताए। संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो), सह–संयोजक आनन्दराज भट्ट र सचिव धर्मसिंह कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा विश्वविद्यालय विरुद्ध अभिव्यक्ति नदिन चेतावनी दिइएको छ।

गेटामा विश्वविद्यालय स्थापना गर्ने गत माघ २९ गतेको निर्णयअनुसार विश्वविद्यालयको विधेयक प्रतिनिधि सभाको चालु  विधेयकबाट पारित गर्न, ६ सय शय्याको अस्पताल आगामी आर्थिक वर्षभित्र सञ्चालन गर्न र प्रदेश सभाबाट विश्वविद्यालय सञ्चालनका लागि संकल्प प्रस्ताव पारित गर्नुपर्ने माग संघर्ष समितिले राखेको छ। जेठ १५ को बजेट व्यक्तव्यमा गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने सरकारको २०७९ माघ २९ को निर्णय विपरीत प्रतिष्ठान चलाउने कुरो आएपछि सुदूरपश्चिममा निरन्तर आन्दोलन भइरहेको छ। यसै अान्दाेलनकाे निरन्तरकाे    संघर्ष समिति ले अान्दाेलनकै क्रममा  शुक्रबार (अाज) धनगढीकाे प्रदेशसभा अगाढी सिट्ठी र शंख वजाउदै सांकेतिक विराेध  गरेकाे  वताएका छ ।