अत्तरियामा  मदिरा तथा सुर्तीजन्य  पदार्थका बोर्ड हटाइँयाे


अत्तरिया : कैलालीमा मदिरा तथा सुर्तीजन्य पदार्थको प्रचारप्रसारका लागि विभिन्न स्थानमा राखिएका सामग्रीहरू धमाधम हटाउन थालिएको छ। 

सुदूरपश्चिम प्रदेश प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र, कञ्चनपुरले त्यस्ता सामग्रीहरू धमाधम हटाउन थालेको हो।

केन्द्रले स्वास्थ्यको दृष्टिकोणले प्रतिकुल मानिएका मदिरा तथा सुर्तीजन्य पदार्थको प्रचारप्रसार गर्न रोक लगाउँदै सार्वजनिक स्थान, चोक चौराहा, होटल, पूर्वपश्चिम राजमार्ग छेउमा र गाडीहरुमा राखिएका प्रचार सामग्रीहरू हटाउन थालेको छ।

केन्द्रले जिल्लाको धनगढी, टीकापुर, लम्की, चिसापानी, सुख्खड , चाैमाला गरि अाज  अत्तरियाका पसलहरूबाट प्रचार सामग्रीहरू हटाएकाे छ।

कर्मचारीको टोली नै खटाएर त्यस्ता सामग्री हटाउँदै मदिरा तथा सूर्तीजन्य पदार्थको प्रचारप्रसार गरे हुने कानुनी कारबाहीका बारेमा सचेत गराई रहेको केन्द्रका  प्रविधि अधिकृत लालप्रसाद न्याैपानेले  जानकारी दिए।

‘हामीले धनगढीबाट सुरु गरेको याे अभियान जिल्लाका मुख्य मुख्य सहर तथा पूर्वपश्चिम राजमार्गमा राखिएका प्रचार बोर्डहरू हटाउन कर्मचारीको टोली नै परिचालन भएका छौं’ न्याैपानेले भने ‘त्यस्ता सामग्रीको प्रचार प्रसार गर्न नपाइने कानुनी व्यवस्था लागू गर्न आमनागरिकलाई सचेत समेत गराउँदै आएका छौं।’

टोलीले अत्तरियामा मात्रै ५४ भन्दा बढी होटल, चोक तथा चौराहाबाट त्यस्ता सामग्री हटाएको छ। ‘त्यस्ता प्रचार प्रसारका सामग्री सञ्चारका माध्यम हुन्, यसले बालबालिका तथा सेवनकर्ताहरूलाई समेत आकर्षित गर्ने हुनाले स्वास्थ्यमा गम्भीर असर गर्ने र जनस्वास्थ्यमा प्रभाव पार्ने हुनाले त्यसलाई न्यूनीकरण गर्न अभियान नै सञ्चालन गरेर सामग्री हटाइरहेका छौं’ न्याैपानेले भने ‘पहिलो पटकका लागि यो स्वास्थ्य प्रवर्द्धनको अभियान हो भने नियमित अनुगमन गरेर प्रचार सामग्री राखिएको पाइए कानुन अनुसार कारबाही गर्नेछौं।’

सूर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी ऐन २०६८, जनस्वास्थ्य ऐन २०७५, प्रदेश जनस्वास्थ्य ऐन २०७६, विज्ञापन बोर्डको परिपत्र र सम्मानित सर्वोच्च अदालतको २०७९ फागुन ११ गतेको अन्तरिम आदेशका आधारमा प्रचार सामग्री हटाउन सुरु गरिएको खड्काले बताए।

जिल्ला प्रशासन कार्यालय कैलालीले २०७९ चैत्र ४ गते जिल्लाका विभिन्न स्थानमा राखिएका प्रचार सामग्री हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। भने याे अभियानमा स्थानिय सरकार ,पत्रकार ,  स्थानी प्रहरी प्रसासन तथा वुद्दिजिवीहरुकाे सहयाेग रहेकाे  सुदूरपश्चिम प्रदेश प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र, कञ्चनपुरका प्रविधि अधिकृत न्याैपानेले वताए ।