गेटामा विश्वविद्यालय सञ्चालन गर्न एक अर्ब १५ करोड बजेट विनियाेजन : अर्थ मन्त्री महत


अत्तरिया :      अर्थ मन्त्री डा.प्रकाशशरण महतले कैलालीको गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालन गरिने बताएका छन्।

संघीय संसदमा बजेटमा उठेका प्रश्नको जवाफ दिदै सोमवार ( अाज) अर्थमन्त्री महतले कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनका लागि एक अर्ब १५ करोड बजेट विनियोजन गरिएको बताएका छन ।

उनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गेटामा अस्पताल सञ्चालनका लागि बजेट माग भएकाले दुविधा देखिएको बताए।  दुबै मन्त्रालयमा बजेट गएको उनले प्रतिनिधि सभालाई जानकारी गराएका छन्। आगामी आर्थिक वर्ष २०८०/०८१ मा स्वास्थ्य विश्व विद्यालय पूर्ण रुपमा सञ्चालनमा आउने दाबी गरेका छन्।

विश्व विद्यालय सञ्चालनका लागि ऐन निर्माणको चरणमा रहेको उनले बताए। गेटामा ६ सय शैयाकाे अस्पतालसहित विश्वविद्यालय सञ्चालनमा आउने दाबी उनको रहेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0