शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले गर्याे गाेदावरी नगर क्षेत्र बन्द
अत्तरिया । कैलालीकाे गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले गाेदावरी नगर क्षेत्र बन्द गराएको छ । संघर्ष समितिले गाेदावरी नगर क्षेत्रभित्र यातायात, बजार ब्यवसाय बिहान ८ बजे देखि साँझ ६ बजे सम्म बन्द गरेकाे हाे ।
सरकारले जेठ १५ गते संसदमा पेश गरेको आगामी आर्थिक बर्षको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर १ सय शैय्याको मात्रै अस्पताल संचालन गर्ने घोषणा गरेपछि संघर्ष समितिले आन्दोलनका कार्यक्रम सुुरु गरेको थियो । उनीहरुले गेटामा ६ सय शैय्याको अस्पताल सहित स्वास्थ्य विश्वविद्यालय स्थापना हुनुुपर्ने माग गर्दै आइरहेका छन।
संघर्ष समितिले आज साँझ ५ बजे अत्तरिया चौराहाबाट बाजागाजा सहित यसक्षेत्रका सम्पूर्ण जनसमुदायको उपस्थितिमा गेटा मेडिकल विश्व विद्यालयको बोर्ड लगाएर सडकबाटै मेडिकल विश्वविद्यालय जनघोषणा गर्ने कार्यक्रम पनि राखेको संघर्ष समितिका सयाेजक लाेकराज पाण्डेय (अागाे)ले बताएका छन।