सुर्मा गाउँपालिका-४ बझाङका वडा अध्यक्ष बोहराको मृत्यु


बझाङ: बझाङको सुर्मा गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष सर्जन बहादुर बोहराको मृत्यु भएको छ ।
३८ वर्षीय वडाअध्यक्ष बोहराको बुधबार राती आफ्नै निवासमा मृत्यु भएको उहाँका भाइ राजेन्द्र बहादुर बोहोराले जानकारी दिनुभयो । पहिले देखि नै रोगबाट पीडित बोहरालाई केहिदिन अघि उपचारको लागि नेपालगञ्ज लगिएकोमा स्वास्थ्यमा सुधार नभएपछि घर ल्याइएको थियो ।
उहाँ २०७९ साल वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0