अत्तरिया ट्रान्सर्फमरको डिओ फ्युजमा गोमन सर्प पस्दा विद्युत नै अवरुद्ध


 अत्तरिया : मंगलवार राति झण्डै ३ घन्टा धनगढी वितरण केन्द्रको बत्ती अबरुद्ध भएको थियो। हिजो साँझ ८ः३० देखि १ः३० सम्म बत्ती जाँदा धनगढीका स्थानीय हैरान भएका थिए। तीन घन्टासम्म बत्ती अबरुद्ध हुनुको कारण आज सार्वजनिक गरिएको छ। अत्तरिया ग्रीड शाखाले १३२/३३ केभीको एमभिए ट्रान्सर्फमरको डिओ फ्युजमा सर्प गएकाले विद्युत अबरुद्ध भएको शाखा प्रमुख रेवत चौधरीले बताए।

उनले करिब चार मिटर अग्लो डियो फ्युजमा गोमन सर्प गएर ब्लास्ट हुँदा विद्युत लाइन अबरुद्ध भएको बताएका छन्। सर्पका कारण अबरुद्ध भएको लाइन सुचारु गर्न तीन घन्टाको समय लागेको चौधरीले बताए। हिजो राति धनगढी वितरण केन्द्रमा मात्रै लाइन अबरुद्ध भएको बताइएको छ।
नेपाल विद्युत प्राधिकरण अत्तरिया कार्यालयले लोडसेडिङ हुने अवस्था नरहेको जनाएको छ । विविध कारणले लाइन अबरुद्ध भए पनि तत्काल समस्या समाधान गरेर बिद्युत नियमित गरिने जनाएको छ। मुख्यतया लो भोल्टेजका कारण बिद्युत अबरुद्ध हुने समस्या रहेको विधुतका अधिकारीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0