विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले गर्याे बिहिवार गाेदावरी बन्दको घोषणा


अत्तरिया  : शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले भोलि  गाेदावरी नगर क्षेत्र बन्दको घोषणा गरेको छ । समितिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै जेष्ठ २५ गते (भोलि) बिहान ८ बजे देखि साँझ ६ बजे सम्म गोदावरी नगर क्षेत्र बन्द गर्ने घोषणा गरेको हो ।

‘२०७९ माघ २९ गतेका दिन नेपाल सरकारले आफैले गरेको निर्णयबाट पछि हट्दै सुदूरपश्चिमका जनताहरुको स्वास्थ्य माथि खेलवाड तथा अपहेलना हुने गरी बजेट मार्फत गरिएको घोषणा हामीलाई कुनै हालतमा मान्य हुने छैन । पटक पटकको जानकारी, अन्तरक्रिया, छलफल र विरोध र्याली लगायतका कार्यक्रममहरु गर्दापनि सुदूरपश्चिमेली जनताको मागप्रति सरकार उदासीन देखिएकोले हामी कडा संघर्षका कार्यक्रममा जान बाध्य भएका छौं’ संघर्ष समितिका संयोजक लोक राज पाण्डेद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘जसको फलस्वरुप भोलि जेष्ठ २५ गते बिहान ८ बजे देखि साँझ ६ बजे सम्म गोदावरी नगर क्षेत्र बन्द रहने कार्यक्रम तय गरेका छौं । उक्त बन्द समयावधि भित्र यस क्षेत्रमा रहेका निजि तथा सरकारी विद्यालयहरु, व्यापार–व्यवसायहरु, उद्योग तथा कलकारखाना लगायतका सम्पूर्ण कार्यालयहरु बन्द गरी आन्दोलनलाई सहयोग गरिदिन हुन यस क्षेत्रका सम्पूर्ण महानुभावहरुलाई यो सघर्ष समिति विनम्र अनुरोध गर्दछ ।’

विज्ञप्तीमा नेपाल सरकारले यही २०८० साल जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेटमा कैलाली जिल्लाको गेटामा स्थापना गर्ने भनिएको १०० शैयाको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति घोर विरोध रहदै आएको उल्लेख गरिएको छ ।

र भ्रष्टाचारी नियतका राजनीति कर्मीहरुको गठजोडले गर्दा यो कामलाई विफल पार्ने प्रयास भएको छ ।’

संघर्ष समितिले भोली नै साँझ ५ बजे अत्तरिया चौराहाबाट बाजागाजा सहित यसक्षेत्रका सम्पूर्ण जनसमुदायको उपस्थितिमा गेटा मेडिकल विश्व विद्यालयको बोर्ड लगाएर सडकबाटै मेडिकल विश्वविद्यालय जन घोषणा गर्ने कार्यक्रम रहेको विज्ञप्ती मार्फज जानकारी दिएको छ ।

संघर्ष समितिले आज पनि पुर्व निर्धारित कार्यक्रम अन्तरगत अत्तरिया बजारमा विरोध प्रदर्शन गरिएको थियो । दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको गेटबाट सुरु भएको विरोध -याली अत्तरिया चोकमा पुुगेर कोष सभामा परिणत भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0