खप्तडमा तीनदिनेआध्यात्मिक सम्मेलन सुरु, अाजै प्रधानमन्त्रीले उद्घाटन गर्दै


अत्तरिया : आध्यात्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा तीनदिने सम्मेलन आजबाट सुरु हुँदैछ। सुदूरपश्चिम प्रदेशको चर्चित धार्मिक, आध्यात्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा हुने आध्यात्मिक सम्मेलनको आज उद्घाटन गरिदैं छ।

बिहानबाट हुने सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मङ्गलार बिहान खप्तड आउने कार्यक्रम रहेको छ। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्वप्रधानमन्त्रीहरु संगै बाबा रामदेव र पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णालगायतको उपस्थिति हुने बताइएको छ।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा हुने यस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्रको समग्र विकास र भावी योजना तथा रणनीतिका बारेमा विशेष सम्बोधन गर्नु हुने जानकारी आयोजकले दिएको हो। उक्त अवसरमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाकीहरू वा हुडक्यौली गौरा, देउडा पुतला नाचलगायतका प्रस्तुत गरिने जनाइएको छ ।

डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाले घेरिएको खप्तड क्षेत्र धार्मिक तथा बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ। बाबा रामदेवले योगाभ्यास गराउने कार्यक्रम रहेको नेपालका योगगुरु लबदेव मिश्रले बताए। खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले दोस्रो दिन योगाध्यासका साथसाथै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं इतिहासविद् डा.राजाराम सुवेदीले खप्तडको धार्मिक र पर्यटन सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम समेत रहको  पर्यटन विकास समितिले वताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0