अत्तरिया उद्याेग बाणिज्य संघको कार्यालयमा लगाए ताल्चा


अत्तरिया – कैलालीको अत्तरिया नगर उधोग बाणिज्य संघको कार्यालयमा ताल्चा लगाइएको छ । पुर्वराेड बनखेतमा रहेको कार्यालयमा बर्तमान उपाध्यक्ष कमल कडायत समुहले ताल्चा लगाएको छ ।

नयाँ सदस्यता एकिन नगरेको, संघका बिरुद्द उजुरी परेपछि प्रशासन सँग  बर्तमान अध्यक्षले कार्य समितीलाई जानकारी नदिएर एकलौटी समन्वय गरेको, नयाँ संघका सदस्यहरु टुङो एकलौटी रुपमा लगाएको, ब्यबसायीहरुले सदस्यताको लागी आबेदन दिएकाहरुलाई पनि सदस्यता नदिएर अदिबेशनबाट बन्चित गर्न खोजेको लगाएतका आरोप लगाउँदै तालाबन्दी गरिएको  विज्ञप्ती निकाल्दै कडायतले बताए ।

संघले यही जेठ २४ गते साधारण सभाको मिती तोकेको छ ।  संघले नियिमित अधिबेशन नगरेको भन्दै संघका बिरुद्द जिल्ला प्रसाशन कार्यालयमा उजुरी समेत परेको छ ।

प्रसाशनले नै जेठ २५ भित्र अदिबेशन गर्न ताकेता गरेपछि संघले २४ को मिती घोषणा गरेको हो । कडायत स्वयम अधिबेशनमा अध्यक्ष पदका दाबेदार रहेका थिय ।कडायतले सामाजिक संजाल फेसबुक मार्फत यस्ताे भनेकाछन ।
“फेरि पनि यसै विज्ञप्ति मार्फत अनुराेद गर्दछु कि,सम्पुर्ण उधाेगी ,व्यवसायी ज्यूहरूकाे मतधिकार खाेस्ने कसैलाई अधिकार नरहेकाे हुदा लगभग ५०% भन्दा बढि व्यवसायी ज्यूहरूकाे मिति २०७९-११-२१ गते विल काटिएकाे, दर्ता भएकाे, कम्प्युटर लिष्ट सम्म निकालि सकेकाे र म अध्यक्ष पद काे आकान्छि भएकाेले वर्तमान अध्यक्ष ज्यूले एकलाैटि रूपमा कार्यसमितिमा कुनै छलफल नगराई निर्णय नगरि दर्ता भएकाे कम सख्या CDO कार्यालय बुझाए काे ले ।सम्पूर्ण व्यवसायी ज्यूहरू हक,मतअधिकार सुनिश्चितता हाेस भनी आज हामीले तालाबन्दी गर्न बाध्य भएका छाै।। यश विरूद लाग्न सम्पूर्ण उधाेगि, व्यवसायी ज्यूहरू हार्दिक अनुराेध   गर्दछु।।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0