गेटामा मेडिकल विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै कैलाली जिल्ला प्रशासनमा धर्ना


धनगढी :  गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा धर्ना दिइएको छ।

सरकारले गेटामा विश्वविद्यालय बनाउने निर्णय गरेको भएपनि अागामी आर्थिक वर्षको बजेटमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना गर्ने उल्लेख गरेपछि आन्दोलित भएको संघर्ष समितिले धर्ना दिएको हो।

संघर्ष समितिले बिहान १० बजेर ४० मिनेटदेखि आधा घण्टा प्रशासनको मूल गेट अगाडि धर्ना दिएको हो।

संघर्ष समितिले सरकारले २९ माघमा मन्त्रिपरिषद् बैठकबाट गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनी गरिएको निर्णय कार्यान्वयन गर्न माग गरेको छ।

सरकारले गरेको उक्त निर्णय कार्यान्वयन नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने संघर्ष समितिका संयोजक लोकराज पाण्डेले बताए।

संघर्ष समितिका सहसंयोजक आन्नद भट्टकाअनुसार आन्दोलनका कार्यक्रम अन्तर्गत सोमबार (भोलि) धनगढीमा सडक बहस कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रममा कैलालीमा क्रियाशील सबै राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिसँग मेडिकल विश्वविद्यालयका सम्बन्धमा अन्तर संवाद गरिने भट्टले जानकारी दिएका छन ।

संघर्ष समितिले यसअघि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाइसकेको छ भने अत्तरियामा सडक बहस लगायतका दबाबमुलक कार्यक्रम सम्पन्न भईसकेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0