गाेदावरीकाे खैरानामा बस र कार ठोकिए


धनगढीः कैलालीकाे गाेदावरी नगरपालिकाकाे खैरानामा बस र कार आपसमा ठोकिएका छन्।  गोदावरी नगरपालिकाको खैराना पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा बस र कार आपसमा ठोकिएर दुर्घटना भएकाे हाे ।

शनीवार राति पूर्वबाट पश्चिम आउदै गरेको  ना ४ ख ७२६९ नम्बरको बस र सोही दिशा तिर आउदै गरेको बागमती प्रदेश ००१०२५ च ९३६७ नम्बरको कार ठोकिएका छन्। दुर्घटनामा एक जना घाइते भएका छन्।

बसमा सवार धनगढीका ५४ वर्षिय खडक केसी घाईते भएका हुन्। उनको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ। प्रहरीका अनुसार दुर्घटनापछि बस अनियन्त्रित भएको थियो।

बसका चालक ३० वर्षिय राम निवास चौधरी फरार छन्। बस घटना स्थलमा छ भने कारलाई प्रहरीले नियन्त्रणमा लिएको  वताएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1