सडक बहसकाे निस्कर्श : विश्वविद्यालयको निर्णय कार्यान्वयनमा ल्याउन जोड


सडक बहसमा बोल्ने बक्ताहरुले मन्त्रिपरिषदकाे निर्णय कार्यान्वयनमा ल्याउन जोड दिएका छन् । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले गेटामा विश्वविद्यालय बनाउने भनेर सरकारले नै निर्णय गरेर अहिले पन्छिन नमिल्ने बताए । उनले गेटामा मेडिकल कलेज बनाउका लागि सशक्त आन्दोलनको आवश्यकता रहेको बताए । कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले प्रतिष्ठान बनाएर १ सय बेडको मात्रै अस्पताल बनाउने बिषयमा आफ्नो आपत्ती रहेको भन्दै गेटामा विश्वविद्यालय बनाउनको लागि आन्दोलनका कार्यक्रमलाई अझै व्यापक बनाउनु पर्ने बताए ।

बरिष्ठ अधिवक्ता डा. केदार चन्द्र भट्टले जुनसकै हालतमा पनि गेटामा मेडिकल विश्वविद्यालय बन्नुपर्ने बताए । ‘विश्वविद्यालय भनेको स्वास्थ्य विज्ञानको सवालमा सबैभन्दा उपल्लो तह हो’ उनले भने ‘अहिले सरकारले हामीलाई स्वास्थ्य चौकी दिएर ढाट्ने ?’ उनले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नीति र कार्यक्रमका रुपमा संसदले पास गरिसकेको बताए ।

गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले गेटामा बजेट वक्तव्यमा मेडिकल कलेज पूर्वाधार समिति पनि खारेज भनेर लेखिएर आएकाले झन अन्योल थपेको बताए । उनले आगामी आर्थिक बर्षको लागि भनेर अझै पनि ११ वटा संरचना निर्माणको काम भरखरै सुरु भएकाले पूर्वाधार समितिनै खारेज भए ति संरचना के हुने भन्ने अन्योल थपेको बताए । उनले छिन छिनमा फरक फरक ढंगका कुरा आउने गरेकाले अहिलेको परिस्थिति बनेको बताए ।

‘यसअघि पुर्व प्रधानमन्त्री ज्यु (शेर बहादुर देउवा) धनगढीको कार्यक्रममा विश्वविद्यालय सम्भव छैन प्रतिष्ठान तर्फ लागौ है भनेर बोलेअनुसार प्रतिष्ठानको विधेयक अगाडी बढ्यो । शिक्षाले ल्याएको त्यो विधेयक अर्थमै रोकियो’ उनले भने ‘मंसिरमा अर्को सरकार आयो । त्यसले माघ २९ गते विश्वविद्यालय बनाउने निर्णय ग¥यो । जसको विधेयक पनि शिक्षाबाट हुँदै अर्थमन्त्रालयमा थन्किएको छ ।’ उनले अहिले आएर बजेटमा फेरी अर्को कुरा आउँदा अन्योल भएको र यसविषयमा गम्भिर भएर साेच्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0