गाेदावरीका रास्ट्रबादी युवाले जेठ १९ लाई कालो दिनकाे रूपमा मनाए


 अत्तरिया : जेठ १९ गते लाई कालो दिन को रूपमा मनाइएको छ  । सालिक पुर्न निर्माण समिति तथा राष्ट्रवादी युवा समुह ले शुक्रबार अत्तरिया मा राजपरिवार को सम्झना मा एक मिनेट मौनधारण सहित दिपप्रज्वलन गरेर कालो दिनका रूपमा मनाइएको दुर्गा कुमार पोखरेलले बताए  ।

राजा बिरेन्द्रको पुरै वंश नास हुने गरि भएको राजदरबार हत्या काण्ड भएको र अहिले सम्म अपराधी पत्ता नलागेको बताउदै उनले सम्पूर्ण युवाहरु जम्मा भएर कालो दिनका रूपमा मनाएको पोख्रेलले बताए । राजाको पुरै वंश नै नास हुने गरि भएको राजदरबार हत्या काण्डले राजदरवारको सुरुक्षामा खटिएका सुरुक्षा कर्मीहरु के हेरेर बसेका थिए भनेर प्रश्न गर्दै शंकाको विषय भएको बताए

दिपप्रज्वलनकार्यक्रममा प्रकाश दत्त भट्टले राज परिवारको हत्या भएको त्यो दिन नेपाल र विश्वका लागि दुरभाग्य भएको बताए । शालीक पुर्न निर्माण समितिका अध्यक्ष हरि भट्टराईले राजाको हत्यापछि देश अभिवाबक बिहिन भएको बताउदै राज परिवारको घटना पछि देशमा के परिवर्तन भयो भनेर सबैलाई थाहा भएको बताए ।

अध्यक्ष भट्टराईले देशमा पछिल्लाे समय मंहगी भष्टाचार झन मोलाएको बताउदै राजाको बारेमा नराम्रो कुरा मात्रै गर्नेले राजाले गरेको राम्रो कुरा पनि गर्नु पर्ने बताए ।

उनले राजाले गरेका राम्रो काम प्रत्येक घर घर मा टोल टोलमा गएर बताउनु पर्ने बताए । राज परिवारे हत्या काण्ड २०५८ जेठ १९ गते भएको थियो जसको अहिले सम्म पनि हत्यारा पत्ता लागेको छैन । धेरै तहका सरकार बने तर अहिले सम्म कुनैपनि सरकारले हत्यारा पत्ता नलगाउन सक्नु संकाको बिषय भयकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0