अत्तरिया – नेकपा एमाले गोदावरी ले शुक्रबार पनि बिरोध जारी राखेको छ ।
गेटामा स्वास्थ बिश्वबिद्धालय बनाउन छोडेर सरकार ले १०० बेड को अस्पताल बनाउने भनेर बजेटमा ल्याएको भन्दै एमाले गाेदावरीले बिरोध गरेको हो ।
यस्तै केही दिन अघि रास्ट्रपतिबाट जारी नागरिकता बिधेयक को पनि उसले बिरोध गरेको हो ।
गोदावरी -१ मा रहेको गेटा बिश्वबिद्धालय को मुलगेट मा पुगेर एमाले पार्टीका नेता कार्यकर्ताले बिरोध जनाएको हो । बिरोध का क्रममा एमाले का नेता कार्यकर्ताहरुले सरकार विरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।
सरकार ले आफ्नो निर्णय नसच्च्याएआगामी दिन मा बिरोधका थप सशस्क्त कार्यक्रम गरिने एमाले जिल्ला कमिटी सदस्य शर्मानन्द भट्ट ले बताएका छन् ।