सीटीईभीटीका निर्देशक चढेकाे गाडी सुनकोशीमा खस्यो


सिन्धुलीः काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोशीमा खसेको छ। सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद भुर्तेल, प्राविधिक अधिकृत भानु पौडेल चढेको गाडी सुनकोशीमा खसेको हो।

गाडीमा चालकसहित ४ जना सवार थिए। चालक कृष्ण चौधरी भने पौडी खेलेर बाहिर आउन सफल भएका छन्। चौधरीको सिन्धुलीको खुर्कोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ। काठमाडौंबाट खोटाङ जिल्लाका प्राविधिक शिक्षालयको अनुगमनमा जाँदै गरेको सीटीईभीटीको गाडी दुर्घटनामा परेको हो।

बा १ झ ७४६७ नम्बरको जिप मध्यपहाडी लोकमार्गको खुर्कोट– घुर्मी खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनमा शुक्रबार मध्याह्न दुर्घटनामा परेको हो। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। साभार : अनलाईन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0