
धनगढी बाट सुर्खेत जाने क्रममा राजाले मगंलबार केहिसमय अत्तरिया चोकमा बिताएका हुन्। चोकमा लाईनबद्ध भई बसेका उनका समर्थकहरुलाई समेत राजाले भेटेका छन् ।
सो अबसरमा अत्तरिया चोकमा जम्मा भएका स्थानीय राजतन्त्र समर्थकहरुले राजाको पक्षमा चर्को नाराबाजी समेत गरेका छन् ।
पुर्बराजा शाहले केहिबेर लाईनमा बसेका केही ब्यक्ति र सुरक्षा कर्मी संग भलाकुसारी समेत गरेका थिए ।
वि.स. २०६२-६३ को जन आन्दोलनमा भत्काइएको राजा महेन्द्र को सालिक स्थानीय कै पहलमा केही समय अघि अत्तरिया चोकमा पुनःस्थापन गरिएको थियो । शाहालाई हिजो धनगढीमा नागरिक अभिनन्दन गरिएको थियो ।
सडक मार्ग हुँदै धनगढी आएका शाह अाजै सडक मार्ग हुदै सुर्खेत तिर लागेका सालिक पुन: निर्माण समितिका अध्यक्ष हरी भट्टराईले वताएका छन् ।