पुर्वराजा ज्ञानेद्र शाहले भोलि बिहान ११ बजे अत्तरियामा राजा महेन्द्रको शालिकमा माल्यार्पण गर्ने 

0
12

अत्तरिया : पुर्वराजा ज्ञानेन्द्र शाहले भोलि अत्तरियामा रहेकाे राजा महेन्द्रको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेकाे छ। नागरिक अभिनन्दन कार्यक्रममा सहभागिताका लागि धनगढीमा रहेका पुर्वराजा शाहले भोलि बिहान ११ बजे अत्तरिया चौराहमा रहेको राजा महेन्द्र शाहको शालिकमा माल्यार्पण गर्न लागेका हुन ।

पुर्वराजा शाहको आज धनगढीमा नागरिक अभिनन्दन गरिएको थियो । पुर्वराजा शाह आईतबार स्थलमार्ग हुँदै धनगढी पुगेका थिए । सो क्रममा राजाको स्वागतका लागि अत्तरियामा ठूलो सङ्ख्यामा मानिसहरु सडकमा उत्रिएका थिए ।

पुर्वराजा शाह आइतबार अत्तरियामा नराेकि सिधै धनगढी गएका भएपनि भोलि भने पुनः शालिकमा माल्यार्पण गर्न अत्तरिया आउन लागेको सालिक पुन: निर्माण कमिटी सचिव दुर्गा कुमार पोखरेलले बताएका छन । अत्तरियामा राजाकाे स्वागत गर्न अाएका सहभागीहरुसंग भेटघाट गर्ने पुर्वनिर्धारित कार्यक्रम नरहेकाेहुदा राजा गाडिवाट उत्रिन नपाएकाे हुदा भाेली विहान ११ वजे शालिकमा माल्यार्पण संगै भेटघाट समेतकाे कार्यक्रम रहेकाेे शालिक पुन: निर्माण समितिका अध्यक्ष हरि भट्टराईले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here