धनगढी जाने क्रममा आज पुर्बराजा ज्ञानेन्द्र शाहलाई अत्तरियामा स्वागत गरिदै


हेमराज अवस्थी/अत्तरिया : कैलालीको अत्तरियामा पुर्बराजा ज्ञानेन्द्र शाहलाई स्वागत गरिने भएको छ ।

भोली धनगढीको खुल्लामञ्चमा हुने नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुन धनगढी आउने क्रममा पूर्वराजा शाह कर्णालीबाट सडक मार्ग हुँदै अत्तरिया साँझ तिर पुग्ने भएकाले स्वतस्फुर्त स्वागतमा सरिक हुन आग्रह गरिएको छ ।

अत्तरिया चोकमा राजालाई धनगढी जाने क्रममा स्वागत गरिने राजा समर्थकहरुले बताएका छन ।

उनिहरुले स्वतस्फुर्त अत्तरिया चोकमा स्वागतका लागी उपस्थित भईदिन सामाजिक सन्जाल तथा पत्र मार्फत आग्रह गरेका छन । पूर्वराजा आज साँझ धनगढी पुग्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0