घिमिरे २०१० साल बैशाख १० गते ताप्लेजुङको नाङखोल्याङमा जन्मिएका हुन। २०३३ सालमा बसाई सराई को क्रममा घिमिरे परिवार सुदूरपश्चिम आएका थिए । सुदूरपश्चिम आएपछि घिमिरे सहितका नेताहरुले भुमिगत शैलीमा नै संगठन बनाएका थिए । एमालेका सबै शिर्ष नेताहरू घिमिरेको घरमा आएर नै बस्ने गर्दथे ।
माधब नेपाल , केपी शर्मा ओली, युबराज ज्ञवाली लगाएतका नेतहरु कयौं पटक घिमिरे को घरमा बसेर संगठन बिस्तार को काम गरेका थिए । एमालेले उनको घरमा कम्युनिस्ट पार्टी को झण्डा समेत राखेको थियो । घिमिरेले यस क्षेत्रका विभिन्न सामाजिक संघ संस्था स्थापनाको लागि अगुवाई समेत गरेका थिए।
एमाले को संगठन यस क्षेत्रमा बिस्तार गरेपनि घिमिरे पार्टीको उच्च पदमा भने कहिले पुगेनन् । उनी निकट भएर काम गरेका फुलबारीका सोमनाथ खतिवडा का अनुसार घिमिरेले पदलाई कहिल्यै पनि प्राथमिकता दिएनन् , बरु संगठन निर्माणमा ध्यान दिए । पार्टीले आफै बुझेर कुनै पद दिएन उनले पद मागेनन् , संगठन बनाउने मै बढी जोड दिए । घिमिरेका ३ छोरा रहेका छन् । घिमिरेको धर्म पत्नी साबित्रा घिमिरे पनि एमाले भित्र सकृय महिला नेत्री रहेकि छन् ।