भारतीय रिजर्व बैंकले गर्याे २ हजारको नोट नचलाउने घोषणा

0
5

एजेन्सीः  भारतमा दुई हजारको नोट नचल्ने भएको छ।

भारतीय रिजर्व बैंकले दुई हजारको नोटलाई नचलाउने निर्णय गरेको हो। तर नोटले भने वैधता पाउने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतीय रिजर्व बैंकले नोट सटहीका लागि ३० सेप्टेम्बरसम्मको समय तोकेको छ। सर्वसाधारणले एकपटकमा २० हजार सम्म सटही गर्न सक्नेछन्।

भारतीय रिजर्व बैंकले सबै बैंकलाई दुई हजारको नोट जारी नगर्न आग्रहसमेत गरेको छ। भारत सरकारले यसअघि ५०० र १००० नोटमा प्रतिबन्ध लगाएको थियो। सोहीबेला देखि दुई हजारको को नोट प्रचलणमा ल्याइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here