अहिलेसम्म भएको छैन क्रिकेट विश्वकप छनोटको ड्र, कहिले होला
भारतमा हुने वान डे विश्वकप क्रिकेटको लागि १० टोली सम्मिलित छनोट प्रतियोगिता आगामी जुन(जुलाईमा जिम्बावेमा हुँदैछ । जसमा टेष्ट मान्यताप्राप्त चार राष्ट्रसहित एसोसिएट ६ टिमले खेल्नेछन् ।
नेपालले पनि विश्वकप छनोट खेल्ने भएकोले अहिले नेपाली क्रिकेटप्रेमीको चासो छनोट प्रतियोगिता छ । नेपाल कुन समूहमा पर्ला, कुन कुन टेष्ट टिमसँग खेल्न पाउला भन्ने उत्सुकता बढेको छ ।
केही अन्तर्राष्ट्रिय अनलाइनले छनोट प्रतियोगिताको ड्र भइसकेको भन्दै समूह विभाजनसहितको समाचार प्रकाशित गरे पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले हालसम्म आधिकारिक ड्र सार्वजनिक गरेको छैन ।
प्रतियोगिता हुन अब एक महिना मात्र बाँकी छ । आईसीसीले आउने साता विश्वकप छनोटको ड्र हुने जनाएको छ ।
हाम्रो मिडियाले सोधेको प्रश्नमा आईसीसीले इमेल पठाउँदै आउने साताको सुरुवातमा विश्वकप छनोटको ड्र हुने जानकारी दिएको हो । ‘हामी अर्को हप्ताको सुरुमा हाम्रो नर्मल च्यानलहरूमार्फत खेल तालिका घोषणा गर्नेछौं’, आईसीसीले इमेलमा भनेको छ ।
जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने छनोट प्रतियोगितामा घरेलु टोलीसहित वेष्ट इन्डिज, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, नेपाल, अमेरिका र युएईले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी १० टोलीलाई दुई समूहमा विधाजन गरिनेछ र लिग चरणको खेलपछि दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।
सुपर सिक्सका शीर्ष दुई टोली फाइनल पुग्दै भारतमा हुने विश्वकपमा छनोट हुनेछन् ।