सुपमा माओवादीले टुंग्यायो मन्त्रीकाे नाम, आजनै शपथको तयारी


धनगढी: नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएको छ । संसदीय दलका नेता खगराज भट्टले सरकारमा पठाइने मन्त्रीको नाम टुङ्ग्याएकाे जानकारी दिएका छन ।

उनका अनुसार कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुुंग्याइएको हो। धामी र साउदबीच समन्वय गरेर सामाजिक र पर्यटन मन्त्रालयमा पठाइने भट्टले जानकारी दिएका छन । शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको समेत उनको भनाइ रहेकाेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0