शुक्रवार पुर्वप्रधानमन्त्री देउवाले कैलाली जिल्ला सम्मेलनकाे उद्घाटन गर्दै


धनगढी- नेपाली कांग्रेस कैलाली जिल्ला सम्मेलनको तयारी पुरा भएको छ । यही जेठ ५ गते शुक्रवार कैलारी गाउँपालिका वडा नम्बर ४ भितरियामा हुने सम्मेलनको तयारी पुरा भएको हो ।

१४ औं महाधिवेशन पछिको प्रथम जिल्ला सम्मेलन हुन लागेको काँग्रेस कैलालीका जिल्ला सचिव नृपबहादुर सुनारले बताए ।

सम्मेलनमा २५ सय जना जतिको सहभागिता रहने  उनले बताए । सम्मेलनको उद्घाटन पार्टी सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0