गोदावरीका सामुदायिक विद्यालयहरुमा निःशुल्क शिक्षा कार्यान्वयन गर्न नगरकाे अनुरोध


अत्तरिया : कैलालीका गोदावरी नगरपालिका भित्र संचालनमा रहेका सामुदायिक विद्यालयहरुमा निःशुल्क शिक्षा कार्यान्वयन गर्न  नगरपालिकाले अनुरोध गरेको छ ।

गोदावरी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले एक सूचना जारी गर्दै माध्यमिक तह सम्म शुल्क नलिन अनुरोध गरेको हो ।

सूचनामा नगरपालिका अन्तरगतका केही सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुबाट शुल्क लिने गरेको र शुल्क तिर्न नसके विद्यार्थीहरुले पढाई छोड्नुपर्ने अवस्था सिर्जना भएको गुनासो आएको भन्दै विद्यार्थीहरुबाट कुनै पनि किसिमको शुल्क नलिई निःशुल्क शिक्षा  दिने कार्यकाे  पुर्ण रुपमा कार्यान्वयन गर्न अनुराेध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0