अत्तरिया खानेपानीको सिगाें टोली ७ दिने भ्रमणमा प्रस्थान


अत्तरिया : कैलालीको अत्तरिया साना शहरी तथा खानेपानी सरसफाइ उपभोक्ता संस्थाको सिगंो टोली ७ दिने भ्रमणमा निस्केको छ । देशका विभिन्न ठाउँका खानेपानी आयोजनाको अबलोकनको लागी टोली हिँडेको हो । टोलिमा संस्थाका पदाधिकारी , सल्लाहकार समिति , जनप्रतिनिधि , टोल उपभोक्ता समिती , सुरक्षा समिति र संघीय खानेपानीका प्रतिनिधिको सहभागीता रहेको संस्थाका अध्यक्ष टीका दत्त जोशीले बताए ।

अध्यक्ष जोशीका अनुसार टोलीमा झन्डै ५० जनाको सहभागीता रहेको छ । टोलीले दाङ , रोल्पा, रुकुम, प्युठान र पोखरामा रहेका खानेपानीका विभिन्न आयोजनाहरुको अबलोकन भ्रमण गर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0