आइतबार अत्तरियामा भएको नगर सम्मेलनले ओझालाई सर्ब सम्मत रूपमा सभापति चयन गरेको हो । यस्तै समिति को उपसभापति मा सरस्वती कुमारी धामी , सचिब मा मानदेब पनेरु चयन भएका छन् ।
ओझा बिगत लामो समय देखि सामाजिक संस्था 3 DVL क्रियसन, 3 DVL सहकारी र संचार क्षेत्रमा मा आबद्ध थिए । ओझा संगै अत्तरियाको अग्रणी ट्रेनिङ संस्था प्लानेट भिटीका संस्थापक तथा यसक्षेत्रका सामाजिक व्यक्तित्व पुस्कर शर्मा जोशी र उनका सुभचिन्तक समुह पनि रास्वपामा सकृय हुने वताएका छन ।
यस अघि उक्त समुहले स्वतन्त्र रूपमा नै यस क्षेत्रमा विभिन्न सामाजिक मुद्दा उठाउँदै आएका थिए।
नगर सम्मेलनमा रास्वपाका प्रदेश सभापति इन्जिनियर प्रकाश बहादुर बिष्ट , प्रदेश उपाध्यक्ष सृष्टि महरा ,प्रदेश कोषाध्यक्ष जसु भट्ट लगाएतको सहभागीता रहेको थियो ।
बक्ताहरुले गोदावरीमा रास्वपामा संगठित हुने क्रम बढेकाले आगामी २०८४ को निर्बाचनलाई केन्द्रीत गरेर आफ्ना अभियान अघि बढाइने बताएका छन् । यसैगरी कार्यक्रममा सहभागीहरुले पुराना दलहरु र दलका नेताहरु अत्यन्त भ्रष्टमानसिकता वाट ग्रसित भईसकेकाले विकल्पकाे रुपमा रास्वपा उच्च नैतिकतासाथ उदाईरहेकाे वताएका छन ।