गोदावरीकाे लामितालमा सेनाले काँग्रेसको कार्यक्रममा अबरोध गर्न खोज्दा

0
11
कैलाली : गोदावरी नगरपालिका वडा नम्वर २ मा  रहेको लामिताल मा काँग्रेस को कार्यक्रममा नेपाली सेनाले अबरोध गर्न खोजेको छ । कैलाली – ४ को प्रदेश एवम् क्षेत्रीय सम्मेलन आज लामिताल परिसरमा आयोजना गरिएको छ ।

नेपाली सेनाले उक्त जग्गा आफ्नो भएकाले राजनीतिक कार्यक्रम गर्न नहुने भन्दै कार्यक्रम स्थलमा एक टोली पठाएको थियो ।  केहिसमयको सम्बाद पछि माथिको आदेश भन्दै सेनाको टोली फर्किएको बुझिएको छ।

काँग्रेसका एक जना नेताका अनुसार सुरुमा नेपाली सेनाको टोली आएर कार्यक्रम नगर्न दबाब दिएको थियो तर केहि समय पछि केहिबेर कुराकानी भएर सहमति भएपछि कार्यक्रम शुरु भएको  बताएका छन् ।

नेपाली सेनाले अत्तरिया चोक देखि पुर्ब उत्तरतर्फ को जंगल क्षेत्र को जमिन आफ्नो दाबी गर्दै अाएकाेछ । यद्यपि अहिलेसम्म सेनाले त्यहाँ अाफ्ना कुनै पनि भौतिक संरचना भने बनाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here