सुदूरपश्चिममा स्वरोजगार कोषको एक अर्ब मुद्दतीमा


धनगढीः सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालय मातहतको प्रदेश स्वरोजगार विकास कोषको एक अर्ब रकम मुद्दतीमा राखिएको छ।
पुँजी, सीप एवं लगानीको स्रोत अभाव भएका बेरोजगार जनशक्तिलाई सीप सिकाइ उद्यमशीलताको विकास गर्न विनाधितो सहुलियत दरमा कर्जा प्रवाह गर्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले २०७५र७६ मा एक अर्बको कोष खडा गरेको थियो। तर यसको प्रयोग न्यून छ।

गत वर्ष २१ वैशाखमा सञ्चालक समितिको बैठकले कोषको आर्थिक स्रोत जुटाउन राष्ट्रिय वाणिज्य बैंकमा रहेको रकम सरकारी स्वामित्वका वाणिज्य बैंकहरूसँग प्रस्ताव माग गरी उच्च प्रतिफल प्राप्त हुने गरी कुल निक्षेप र अल्प अवधिको मुद्दती निक्षेपमा परिचालन गर्ने निर्णय ग¥यो।

त्यसअनुसार १५ करोड राष्ट्रिय वाणिज्यमै यथावत् राखी १० दशमलव शून्य ३ प्रतिशत ब्याजदरमा ६० करोड कृषि विकास बैंकमा र त्यति नै ब्याजमा नेपाल बैंक लिमिटेडमा २५ करोड तीनमहिने मुद्दती निक्षेपमा राख्यो। महालेखाले अघिल्लो प्रतिवेदनमा प्रयोग नभएको रकम सञ्चित कोषमा दाखिला गर्न भनेको थियो। ‘यस वर्ष मुद्दती खातामा राख्नेबाहेक अन्य कुनै कार्य सञ्चालन गरेको छैन,’ महालेखाले भनेको छ, ‘उद्देश्यअनुसार कोषको रकम परिचालन गर्नुपर्छ।’

विभिन्न क्षेत्रमा स्वरोजगार बन्न चाहने वर्गलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने उद्देश्य सहित यसअघि नै प्रदेशसभाले प्रदेश स्वरोजगार विद्येयक पारित गरेको थियो। सोही विद्येयकका आधारमा आर्थिक मामिला तथा योजना मन्त्रालयले आवश्यक नियमावली तथा कार्यविधी बनाएर कर्जा प्रवाह गर्न सक्ने व्यस्थाअनुसार काम भइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0