रास्वपाका उम्मेदवार विजयी भएको खुसीयालीमा अत्तरियामा निकाले बिजय र्याली


अत्तरिया : चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएको खुसीयालीमा कैलालीको अत्तरियामा धन्यवाद ज्ञापन तथा विजयी र्याली निकालिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश समितिले धन्यवाद ज्ञापन तथा विजयी र्याली निकालेको हो ।

प्रदेश समितिले चितवन र तनहुँमा रास्वपाका उम्मेदवारहरुलाई सहयोग र सर्मथन गर्ने मतदाताप्रति आभार व्यत्त गर्दै धन्यवाद दिएको हो । वैशाख १० गते भएको उपपनर्वाचनमा चितवन २ बाट रास्पाका सभापति रवि लामीछाने र तनहुँ १ बाट स्वर्णीम वाग्ले भारी मतान्तरकासाथ विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0