परराष्ट्रमन्त्री एनपी साउँदद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण


काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथ ग्रहण गरेएका छन । आइतबार दिउँसो राष्ट्रपति कार्यालयमा राष्ट्रपति समक्ष नव नियुक्त परराष्ट्रमन्त्री एनपी साउँदले शपथ ग्रहण गरेका हुन । साउद काँग्रेसको तर्फबाट कन्चनपुर २ बाट निर्बाचित प्रतिनिधी सभा सांसद रहेका छन् ।
नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गर्ने बताएका छन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका लागि छलफल अगाडि बढाउने बताए ।  पत्रकारले प्रधानमन्त्रीको भारत भ्रमणबारे सोधेको प्रश्नको जवाफमा उनले भने, ‘हामी छलफल अगाडि बढाउछौं । भर्खरै म कार्यालय आएको छु, त्यसमा संलग्न कर्मचारीसँग ब्रिफिङ लिएर अगाडि बढाउछु ।’

मन्त्री साउदले नेपाल शान्तिपूर्ण मुलुक रहेको र संसारका सबै देशसँग सुमधुर सम्बन्ध रहेको बताए । ‘विश्वभरिका देशसँग, छिमेकीसँग आगामी दिनमा हाम्रो सम्बन्ध अझ घनिष्ट बनाउँदै लैजानेछौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0