गोदावरी मा सुत्केरी महिला र शिशु मृत्यु प्रकरण: ३ दिन पछि सहमती पश्चात आफन्तले बुझे सव


अत्तरिया – गोदावरी मा सुत्केरी महिला र शिशु मृत्यु प्रकरणमा सहमति भएको छ । बुधबार ईलाका प्रहरी कार्यालय मालाखेतीमा पिडित पक्ष र नगरपालिकाका प्रतिनिधि बिच सहमति भएको हो ।

सहमति अनुसार गत आइतबार सुत्केरी गराउन मालाखेती अस्पताल पुगेर ज्यान गुमाएकी २८ वर्षीय लक्ष्मी भट्टराई का ६ वर्षिय छोरा आयुश भट्टराईलाई १२ कक्षा सम्म आबसिय सहित शिक्षा नगरपालिकाले पढाउने र उनको परिवारलाई सान्त्वना स्वरुप नगद ५ लाख उपलब्ध गराउने सहमति भएको नगरप्रमुख बिरेन्द्र भट्ट ले बताए ।

यस्तै छानबिन समितीको प्रतिबेदन अनुसार घटनाका दोषीलाई पनि कार्बाही गराउन नगरपालिका प्रतिबद्ध रहेको प्रमुख भट्टले बताए । अस्पताल प्रशासन र डाक्टरहरुको लापरबाहीका कारण लक्ष्मीको मृत्यु भएको भन्दै स्थानियहरु आन्दोलित भएका थिए ।

उनिहरुले बिगत ३ दिन देखी पटक पटक राजमार्ग र नगरपालिकाको कार्यालय पुगेर  प्रदर्शन जारी राखेका थिए । सहमती सँगै स्थानियले लक्ष्मीको र शिशुको शब बुझेका छन् । भोली  मात्रै शबको पोष्टमार्टम गरिने स्थानीय बताए  ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0