सुत्केरी मृत्यु प्रकरण : तीन दिनदेखि शव उठेन,स्थानियद्धारा नगरपालिका घेराउ


अत्तरिया : कैलालीको मालाखेती अस्पतालमा तीनदिन देखी नवजात शिशुसहित सुत्केरी महिलाको शव राखीए काे छ। मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै शव बुझेका छैनन् । उनीहरुले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै आएका छन् ।

मृतकका आफन्तले आफुहरुको माग अस्पताल प्रशासन र स्थानिय सरकारले वेवास्ता गरेको भन्दै अहिले गोदावरी नगरपलिका घेराउ गरेका छन् । स्थानियहरुले नगरपालिकाभित्र बसेर धर्ना दिईरहेका छन्।

मृतकका आफ्न्त यज्ञराज भाटले स्थानिय सरकारले अहिले सम्म आफुहरुको माग सम्बोधन नगरेकाले नगरपालिकामा धर्ना दिन आएको मिडियालाई बताए । उनले केश लम्ब्याउने कुरा मात्रै भईरहेकाले चाडो माग पुरा गर्नका लागि नगरपालिकामा दवाब दिन धर्ना बसेको बताए ।

उनले अहिले सम्म सम्बन्धित निकायबाट कुनै पनि पहल नभएको बताउदै उल्टै मृतकका श्रीमानलाई अपहरण शैलीमा लगेर जबरजस्ती सहमतीमा आउन दवाव दिईएको बताए । ‘मृतकका श्रीमान नेपाल प्रहरीको जागीरे रहेका र उनलाई अपहरण शैलीमा लगेर भित्र राखिन्छ’ उनले भने ‘जबरजस्ती सहमतीमा सहिछाप गर, तेरो लास बुझ भन्ने किसीमले दवाव दिईदैछ ।’

मृतकका श्रीमानलाई दायाबाया बोलेमा जागीरबाट हटाईने समेत धम्की दिएको उनले बताए । उनले मृतकका श्रीमानलाई बाहिर हिड्न समेत नदिएको बताएका छन् । उनले मृतकको बच्चाको भविष्यको ग्यारेन्टी पनि दिनुपर्ने बताए । उनका अनुसार छानविन समितिले बुधबार सम्ममा निर्णय पेश गर्ने भनेको भएपनि अन्तिममा आएर एक हप्ता लाग्छ भन्न थालेको बताए ।

श्रीमान मात्रै पिडित नभएर घरपरिवार र माईती पक्ष पनि पिडित रहेको बताउदै उनले मालाखेतीमा अस्पतालको लापरबाहीका कारण कसैले पनि आगामी दिनमा ज्यान गुमाउने छैनन भन्ने स्थानिय सरकारले प्रतिबद्धता समेत दिनुपर्ने बताए ।

सोमवार बिहान गोदावरी नगरपालिका वडा नम्ब २ अत्तरिया बस्ने २८ वर्षीय लक्ष्मी भट्टराई र उनको नवजात शिशुको अस्पतालमा मृत्यु भएको थियो । उनीहरुको शव तीन दिनदेखि अस्पतालमा रहेको छ ।

मृतकका आफन्तहरुले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै सोमबार र मंगलवार राजमार्ग अबरुद्ध गर्दै आन्दोलन गरेका थिए ।मंगलबारको आन्दोलनमा प्रहरी र स्थानीय बिच झडप समेत भएको थियो । झडपमा मृतककी सासु घाईते भएर सेती अस्पतालमा उपचार भईरहेको मृतकका आफन्तले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0