बिरामीकाे मृत्यू हुदा कैलालीकाे मालाखेति अस्पतालमा तनावग्रस्त


अत्तरिया । कैलालीको मालाखेति अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालमा उपचाररत सुत्केरी महिलाको मृत्यु भएपछि आफन्तहरूले अस्पताल घेराउ गरेका हुन् ।

आज बिहान गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको अस्पतालमा सोहि नगरपालिका वडा नम्बर २ अत्तरिया बस्दै आएकी २८ बर्षिया लक्ष्मी भट्टराईको मृत्यु भएको थियो ।

परिवारका सदस्यले चिकित्सकको कमजोरीले विरामीको मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेको जनाईएको छ ।

अस्पतालका प्रमुख डाक्टर अन्वेश कोईरालाले भने बच्चा जन्मिने बेला पाठेघरमा हुने पानी फोक्सोमा जाँदा सुत्केरीको मृत्यु भएको हुन सक्ने बताए । उनले विरामीको अन्य सबै कुरा नर्मल भएको र विहान अचानक नै उक्त समस्या आएको र उक्त समस्याकै कारण विरामीको मृत्यु भएको हुन सक्ने अनुमान व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0