प्रधानमन्त्री प्रचण्ड एमाले सचिब लेखराज भट्ट निवासमा


अत्तरिया – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा ( एमाले) का सचिब लेखराज भट्ट को घर पुगेका छन् ।

आइतबार बिहान सुदुरपश्चिम बिश्वबिद्धालयको दिक्षान्त समारोहमा सहभागी हुन महेन्द्रनगर जाने क्रममा गोदावरी -१  अत्तरियामा रहेको  एमाले सचिव भट्ट को निवास पुगेका हुन ।

सो क्रममा भट्ट ले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेका छन् । प्रधानमन्त्री प्रचण्ड सहित को टोलीले भट्ट निवासमा खाजा समेत खाएको छन ।

भट्ट को सचिबालय ले यसलाई परिवारिक भेट भनेको छ । भट्ट माओवादी नेता एबम प्रचण्ड को कोर टिममा रहेर काम गरेका हुन ।

नेकपा को बिभाजन पछि भट्ट  एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएर एमालेमा नै बस्दै अाएका छन। यस भेटवाट दुवै जना नेताकाे दुरि घट्नसक्ने कार्यकर्ताहरुकाे बुझाई रहेकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0