प्लानेट ग्रिन नेपाल संस्थालाई सिदार्थ बैंक अत्तरिया शाखाद्धारा २ लाख सहयोग रकम हस्तान्तरण


अत्तरिया : प्लानेट ग्रिन नेपाल संस्थालाई सिदार्थ बैंक अत्तरिया शाखाद्धारा २ लाख सहयोग रकम हस्तान्तरण गरेको छ । माेहना अत्तरिया धनगढी ६ लेन सडककाे मिडियनमा बिरुवा रोप्नका लागि सहयोग स्वरुप बैंकले प्लानेट ग्रिन नेपाललाई २ लाख रकम सहयोग गरेको हो ।

उक्त रकम बिहिबार एक कार्यक्रमका बीच बैंकको अत्तरिया शाखाका प्रमुख धर्म राज ओझाले प्लानेट ग्रिन नेपालका अध्यक्ष पुष्कर शर्मा जाेशीलाई हस्तान्तरण गरेका थिए ।

बैंकका शाखा प्रमुख ओझाले साखाले सामाजिक उत्तरदायित्व अन्तरगत मोहना अत्तरिया ६ लेन सडकमा भइरहेको वृक्षारोपण कार्यक्रमलाई सहयोग पुगोस् भनेर सहयोग गरिएको बताए ।

संस्थाका अध्यक्ष जोशीले उक्त सहयोग रकमबाट वृक्षारोपण अभियानमा ठूलो सहयोग पुग्ने बताए । उनले हालसम्म मोहना अत्तरिया ६ लेन सडकमा बृक्षारोपण गर्नका लागि २८ लाख बढि खर्च भएकोमा ११ लाख मात्रै सहयाेग संकलन भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0