चितवनका कांग्रेस नेता जगन्नाथ पौडेलले भने : मेरो समर्थन रवीलामिछानेलाई


काठमाडौं : चितवनका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

रवि चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको उम्मेदवार हुन् । पौडेलले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै आफ्नो समर्थन रास्वपालाई रहने बताए । उनले भने, ‘छोटो समयमा देशले रुपान्तरण खोजेको छ । त्यो रुपान्तरणको निमित्त उपयुक्त टिमको आवश्यकता छ र त्यो टिममा ऊर्जावान व्यक्तिहरुको आवश्यकता छ । त्यो समूह भनेको स्वतन्त्र पार्टीहरुको समूह हो । त्यो भएको हुनाले उहाँहरुलाई सहयोग गर्दाखेरी देशले निकास पाउँछ भन्ने लाग्छ ।’

पार्टी नै प्रवेश गर्ने कि समर्थनमात्र भन्ने प्रश्नमा पौडेलले भने, ‘अहिले समर्थनमात्र ।’ भनेर संचारकर्मिलाई वताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0