मालाखेती अस्पतालमा आज देखि प्रशुती सेवा सल्यक्रियाबाट पनि गरिदै


अत्तरिया : कैलालीको गोदावरी ( ३ मा रहेको मालाखेती अस्पतालमा आज देखी प्रशुती सेवा अप्रेसनबाट पनि शुरु भएको छ । यस अघि सामान्य डेलिभरी हुँदै आएको थियो ।

अब देखी अप्रेसेन बिधीबाट पनि डेलिभरी शुरु भएको अस्पतालका अध्यक्ष डा नर बहादुर मौनीले मिडियालाई बताए । आज एक महिलाले उक्त अस्पतालमा अप्रेसनबाट बच्चा पाएकी छन् ।

गोदावरी नगरपालिकाले डाक्टर मौनीलाई अध्यक्षमा नियुक्त गरेपछि उनले अस्पतालको स्वास्थ्य सुधारको लागी थुप्रै कार्य योजना अगाडी बढाएका छन् ।

कैलाली क्षेत्र नम्बर ४ को एक मात्र ठुलो सरकारी अस्पताल भएपनी गुणस्तरिय स्वास्थ्य सेवा नहुँदा बिरामीहरुले उपचार पाउन सकेका थिएनन् ।

अप्रेसनबाट प्रशुती सेवा शुरु भएपछि यस क्षेत्रका गर्बपती महिलाहरुलाई सहज हुने स्थानीयहरुको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0