डडेल्धुराकाे राई नजिकै जिप दुर्घटना


डडेल्धुराः डडेल्धुरामा जिप दुर्घटना भएको छ। डडेल्धुरा जिल्लाको सदरमुकामबाट रडुवातर्फ जादै गरेको से १ ज १०५९ नम्बरको जिप राई नजिकै शुक्रबार दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित १२ जना सामान्य घाइते भएको डडेल्धुरा प्रहरीले जनाएको छ।  उनीहरुमध्ये ६ जनाको डडेल्धुराको जिल्ला अस्पतालले २ जनालाई धनगढीकाे निसर्ग अस्पतालमा रिफर गरेकाे र ६ जनाको डिस्चार्ज भईसकेको प्रहरीले जनाएको छ।

जिप सडकमै पल्टिएको थियो। दुर्घटनाको कारण भने  जिपकाे व्रेकफेल भएकाे एक घाईतेले बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0