खप्तड गोल्डकप आजदेखि सुरु हुँदै


धनगढी  : छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुनेभएको छ । सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता आज दिउँसो ३ बजे सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
क्लवका महासचिव प्रकाश शाहीले उद्घाटन खेल नेपाल एपीएफ क्लव र वागमती क्लवबीच खेल हुने बताएका छन ।
प्रतियोगितामा ‘ए’ डिभिजन ६ टीम, दुई विदेशी टिम, मोसलको एक र आयोजक क्लव गरी १० टोलीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले वताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0