कैलाली बहुमुखी क्याम्पसको मतगणना सुरु


धनगढीः कैलाली बहुमुखी क्याम्पसमा स्ववियु नेतृत्व चयनका लागि बुधबार भएको मतदानको मतगणना केहि बेरमै सुरु हुने भएको छ। सुदूरपश्चिम विश्वविद्यालयको आंगिकसमेत रहेको कैलाली बहुमुखी क्याम्पसमा बुधबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान भएको थियो।

तर बिहीबार बिहानसम्म समेत मतगणना हुन सकेको थिएन। मतगणना कुन ठाउँमा गर्ने भन्ने विषयमा विद्यार्थी संगठनहरुबीच सहमति हुन नसक्दा गणनामा ढिलाइ भइरहेको थियो। एमाले सम्बद्ध अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), स्वतन्त्र विद्यार्थी समूहलगायतका संगठनले प्रदेश स्वास्थ्य तालिम केन्द्र वा कैलाली उद्योग वाणिज्य संघमा मतगणना गर्नुपर्ने माग गरेका थिए।

कांग्रेस सम्बद्ध नेविसंघले क्याम्पसमै गणना हुनुपर्ने माग गरेपछि सहमति हुन सकेको थिएन। स्ववियु निर्वाचन समितिका प्रमुख अम्बिकेश्वरप्रसाद जोशीले मतगाणनाका सम्बन्धमा छलफल भएर कैलाली बहुमुखि क्याम्पसमै मतगणना गर्ने सहमति भएको छ। बैठक बसेर क्याम्पसमै मतगणना गर्ने सहमति भइसकेकाले केहि बेरमै गणना सुरु हुने उनले बताए।

चार हजार तीन सय ३३ जना मतदाता रहेको कैलाली बहुमुखी क्याम्पसमा दुई हजार तीन सय ६८ मत खसेको थियो। यहाँ एमाले सम्बद्ध अनेरास्ववियु र नेकपा–एकीकृत समाजवादी० पार्टी सम्बद्ध अनेरास्ववियूबीच चुनावी तालमेल भएको छ भने नेविसंघ, अखिल (क्रान्तिकारी) लगायतका संगठनले एकल रुपमा उम्मेदवारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0