महरा नेबिसंघ, अखिल (क्रान्तिकारी) र अखिल( छैटौं) को संयुक्त प्यानलबाट सभापतिका उम्मेदवार बनेका थिए । उनका निकटतम प्रतिष्पर्धी अनेरास्ववियु (क्रान्तिकारी) संयुक्तका पुष्कर जोशीले १ सय ७७ मत पाएका छन। सभापति मै स्वतन्त्र उम्मेदवारी दिएका लोकराज ओझा (एल. आर) ले १६४ मत पाएका छन ।
अनेरास्ववियु का सभापतिका उम्मेदवार पुष्पराज सुवेदी ले १०५ मत पाएर चौथो भएका छन् । यस्तै सचिबमा सोही प्यानल बाट अनेरास्ववियु( क्रान्तिकारी) का बम बहादुर बि.क निर्बाचित भएका छन् ।
उनले ३ सय ९९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी अनेरास्ववियुका आकाश भट्टराईले १ सय ७२ मत मात्रै पाए ।
कोषाध्यक्षमा पनि सोही प्यानल कि ज्योति कुमारी शाहु निर्बाचित भएकी छन् । उनले सर्बाधिक ४ सय ८ मत पाएर बिजयी भएकी हुन । उनकी निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारी संयुक्त कि प्रयंका बिष्ट्ले १ सय २० मत मात्रै प्राप्त गरिन ।
उक्त क्याम्पस मा ११ सय ७१ मतदाता रहेपनी आज भएको निर्बाचन मा ८७४ मत खसेको थियो ।यस्तै खुल्ला ८ सदस्यहरु पनि नेबिसंघ नेत्रित्वको संयुक्त प्यानलबाट निर्बाचित भएका छन ।