अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा मतदान सुरू


अत्तरिया– कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा मतदान सुरू भएकाे छ । बुधबार विश्वबिद्यालय अन्तर्गत स्वबियु निर्बाचन हुन लागेको हाे । निर्बाचनको लागी ३ वटा मतदान स्थलबाट मतदान सुरू भएकाे हाे ।

मुख्य तीन उम्मेदवार बिच ठूलो प्रतिस्पर्धा हुने देखिएकाे छ । मतदान बिहान ८ बजे देखी देखि हुने भनेकाे मतदान केहि ढिलाे गरी सुरू भएकाे हाे ।

उक्त क्याम्पसमा झण्डै ११ सय ७२ मतदाता रहेका छन । निर्बाचनमा सभापतीको लागी ५ जना चुनाबी मैदानमा होमिएका छन । नेबिसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल बनेको छ भने अनेरास्वबियु एकल प्यानल सहित चुनाबमा हाेमियकाे छ ।

यस्तै २ जनाले स्वतन्त्र टिम सहित चुनावी मैदानमा छन । विश्वबिद्यालय अन्तर्गतका सबै क्याम्पसमा स्वबियुको निर्बाचनका लागि चुनाव भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0