आउँदो वैशाख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान


काठमाडौँ : निर्वाचन आयोगले आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले मङ्गलबार एक सूचना जारी गर्दै दल दर्ताको आह्वान गरेको हो । आयोगले यहि चैत ७ गते देखि १२ गतेसम्म दल दर्ताको मिति तोकेको छ ।

आयोगले आउँदो वैशाख १० गते रिक्त तीन निर्वाचन क्षेत्र तनहुँ १, बारा २ र चितवन २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0