डडेल्धुरा बहुमुखी क्याम्पस स्ववीयु सभापतिमा नेविसंघका भट्ट प्यानल सहित विजयी


डडेल्धुरा: डडेल्धुरा बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानलै विजयी भएको छ। आइतबार राति सम्पन्न मतगणनाअनुसार नेविसंघको प्यानल नै विजयी भएको हो।

सभापतिमा नेविसंघका दुर्गाप्रसाद भट्ट ३ सय १० मत ल्याउँदै विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी सयुक्त गठबन्धनका तर्फबाट नेविसंघ (बीपी)का सभापतिका उम्मेदवार मदनबहादुर बोहराले १ सय ८ मत पाए। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गणेशबहादुर क्षेत्रीले ७० मत ल्याए।

यस्तै सचिवमा पनि नेविसंघकै लोकेन्द्र बोहरा, कोषाध्यक्षमा देवकी तमौली र सदस्यहरूमा पूजाकुमारी बोगटी, महेश्वरी भण्डारी, सुरज विक, दीपिका पन्त र राजेन्द्र पाण्डे विजयी भएका छन्। कूल ७९८ मतदाता मध्ये ५ सय २३ मत खसेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0